चोटपटक रोकथाम सम्बन्धी विश्व सम्मेलनमा डाक्टर पुष्पराज पन्त

 

विश्व स्वास्थ्य संगठन, अष्ट्रेलेसियन चोटपटक रोकथाम संजाल (एआइपीएन), अष्ट्रेलिया जनस्वास्थ्य संघ (पीएचएए) को संयुक्त आयोजनामा अष्ट्रेलियाबाट यही मार्च २२ देखि २६ तारीखसम्म भर्चुअल कार्यक्रम सम्पन्न भएको छ।

भर्चुअल कार्यक्रममा चोटपटक रोकथाम सम्बन्धि नीति र कार्यक्रम तर्जुमा गर्न गुणस्तरीय तथ्यांकहरूको महत्व र नेपालमा विश्वव्यापी रोगभार अध्ययन (ग्लोबल बर्डन अफ डिजीज स्टडी) तथ्यांकको उपयोगबारे डाक्टर पुष्पराज पन्तले बोलेका थिए।  

मार्च २४ तारीखमा भएको उक्त सेसनमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नसर्ने रोगहरू, अपाङ्गता, द्वन्द्व एवम् चोटपटक रोकथाम (एनभीआइ) सम्बन्धी महाशाखा प्रमुख इटियन क्रुगले बोलेका थिए। उक्त सम्मेलन हरेक दुई वर्षमा आयोजना हुने गरेको छ। जुन चोटपटक सम्बन्धि सबैभन्दा ठूलो सम्मेलन हो।

कार्यक्रममा डाक्टर पन्तले अन्य दुईवटा अनुसन्धान पेपर समेत प्रस्तुत गरे। डा.पन्त यस सम्मेलनको १४औं  संस्करणसम्म ३० वर्षको इतिहासमा की-नोट स्पीकरको रूपमा आमन्त्रीत पहिलो नेपाली अनुसंधानकर्ता हुन्। उनले ११ वर्ष अघि नेपालमा बालबालिकामा हुने चोटपटक रोकथामबारे समुदायमा आधारित अनुसन्धान गरेर बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ दि वेष्ट अफ इंल्याण्डबाट पहिलोपटक विद्यावारिधि (पिएचडी) गरेका थिए। 

More at https://nagariknews.nagariknetwork.com/health/489141-1616995971.html