के कोभिड-१९ ले हामीलाइ सडक सुरक्षा बारे केही सिकाउन सक्छ ?

डा. सोमेस जब | १४ अप्रैल २०२०

ग्लोबल रोड सेफ्टी फसिलिटीका प्रमुख डा. सोमेस जबले लेख्नु भएको ब्लगको नेपाली अनुवाद क्रमिक रूपमा यहाँ पोष्ट गर्नेछु। अँग्रेजीमा मूल लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।

अहिले विश्व कोभिड १९ को विश्वव्यापी महामारीसँग लडीरहेको छ, यहाँ वर्षौदेखि मौन महामारीको रूपमा रहँदै आएको अर्को एउटा स्वास्थ्य समस्या बारेमा चर्चा गर्नु पनि महत्वपूर्ण हुनसक्छ। कोभिड १९ र सडक दुर्घटना दुबैले विश्वका लागी पीडा, नोक्सानी, मृत्यु, शोक र आर्थिक कठिनार्इ उत्पन्न गरेका छन्। आजसम्म कोभिड१९ ले ११९ हजार मानिसको प्राण लिइसकेको छ भने विश्वव्यापी महामारीको परिस्थितसँग लड्ने कम क्षमता भएका न्यून तथा मध्यम आयभएका मुलुकहरूमा अझै धेरै हताहती हुन सक्ने सम्भावना छ। त्यस्तै सडक दुर्घटनाले वर्षेनी १३ लाख ५० हजार मानिसको मृत्यु र थप करीव ५ करोड मानिसहरूलार्इ घाइते बनाउँछ।

कोभिड१९ र सडक दुर्घटनाका बीच विभिन्न तुलनाहरू गरिंदैछन्, केहीले सडक सुरक्षा सम्बन्धी समस्याहरूको परिमाण र कोभिड१९ संकटको परिप्रेक्षलार्इ स्थापित गरेको छ। तर यी दुबै संकटबाट उत्पन्न पीडा र मृत्युको परिमाणको तुलनाभन्दा पनि यसबाट कैयौंको जीवन रक्षाका लागी व्यापक पाठहरू सिक्ने अवसर पनि हुन सक्दछ। कोभिड १९ को संकट समाप्त भएपछि विश्वमा यातायात, काम, र सहरहरूको भविष्यको लागी ६ वटा मुख्य पाठहरू यहाँ उल्लेखनीय छन्।

१. मानिस र सडक यातायातसँगको संपर्क घटाउनेः लकडाउन वा बन्दाबन्दीका गम्भीर असरहरू अर्थव्यवस्था र सामाजले भोगिरहेको बेला घटेको यातायातबाट उत्पन्न लाभहरू त्यसबाट घटेको सडक दुर्घटनाका मृतक र घाइतेको संख्याभन्दा निकै माथि र निकै ठूलो भएको मानिएको छ। यसबाट विश्वमा यदि कुनैं सडक यातायातसँग मानिसको संसर्ग वा सम्पर्क कम गर्ने उपचारविधि उपयोगबाट सडक सुरक्षाको स्थितिमा कस्तो महत्व राख्दछ भन्ने कुराको परीक्षण भएको छ। अहिले सम्मका संसर्ग न्यूनीकरणलार्इ सामान्यतया उपेक्षा गरिन्थ्यो किनभने सकड सुरक्षालार्इ साँगुरो किसिमले सडक यातायातकै सेरोफेरोमा केन्द्रित गरिन्थ्यो। तर मानिसहरूको उनिहरूका नीजि यातायातका साधनहरूसँगको संसर्ग वा सम्पर्कलार्इ घटाउँदा हरितगृह उत्सर्जन, ध्वनी र वायुप्रदूषणमा कमी आएको छ, मोटरको साटो सकृय यातायातका विकल्पहरूको अवसर सिर्जना भएको छ, सामाजिक समावेशिता र सम्बन्धमा वृद्धि भएको छ। हामी भविष्यको लागी सहर, मास-ट्रान्जिटका विकल्पहरू जस्तैः मेट्रो, जल यातायात र समर्पित द्रुत बस सेवा प्रणालीबारे पुनःविचार गर्ने बेलामा यो महामारीका परिणामबाट सिकेका पाठहरूलार्इ उपयोग गर्न सक्नेछौं।

२. हाम्रो कार्यशैली, यातायात र पूर्वाधारबारे पुनःपरिकल्पना गर्नेः डा. सोमेस जबको लेखमा उहाँले समग्रतामा विश्वमा हाल चलिरहेको कार्यालयबाट गर्ने र घरबाटै गर्न सकिने कामहरू, अनलाइन र इन्टरनेटको प्रयोगबाट गर्न सकिने कामहरू, विद्यालय, विश्विद्यालय र पठनपाठसँग सम्बन्धित नयाँ प्रयोग गरेर हाम्रो समाजलार्इ कसरी नयाँ शैलीले सन्चालन गर्न सकिन्छ भन्ने बारे वर्णन गरेका छन्। उनको मूल लेख यहाँ पढ्नुहोला। तर नेपालको सन्दर्भमा मानिसले केही सामान्य कारणले गर्दा पनि धेरै भन्दा धेरै अनावश्यक यात्रा गर्नु परेको छ जुन कोभिड१९ र सडक दुर्घटना दुबैका लागी उत्तिकै जिम्मेबार छ।

नेपालका सरकारी, नीजि एवम् व्यवसायिक प्रतिष्ठानबाट पाउने सेवालार्इ पूर्णतः स्वचालितफ अनलाइन वा टेलिफोनको माध्यमबाट उपलव्ध गराउन सकेमा सेवाग्राहीहरूले अनावश्यक यात्रा गर्नु पर्ने स्थितिबाट मुक्त भर्इ सम्भावित दुर्घटनाहरूबाट बचाउन सकिन्छ भने आर्थिक कार्यकुशलता कायम गरेर अनावश्यक व्ययभार कम गर्न सकिन्छ। त्यसैगरी र्इन्धनको खपत घटेर आयात कम हुने, हरितगृह उत्सर्जन कम हुने र प्रतिव्यक्ति आयमा वृद्धि हुनसक्छ।

३. हाम्रा मान्यताहरूलार्इ कायम राख्नेः सडक सुरक्षाको संकट विरूद्ध बलियोसँग काम गर्न नसकेको फलस्वरूप कैयौं मानिसको मृत्यु भइरहे तापनि त्यसले कोभिड १९ वा अन्य कुनैं संकटकालीन अवस्थामा मानिसको ज्यान बचाउने प्रयासलार्इ प्रभावित गरेको देखिंदैन। यसबाट हामी हाम्रा प्रमुख मान्यताहरूलार्इ कायम राख्नबाट विचलित भएका त छैनौं भन्ने भ्रम पनि सिर्जना भएको छ, खासगरी मानव जीवनको मूल्यका सम्बन्धमा। जुनसुकै संकटमा हुने एक मृत्यु पनि धेरै हो, चाहे त्यो कोभिड१९ होस् वा सडक दुर्घटना वा जीवनशैली सम्बन्धी रोगहरू नैं किन नहोस्।

४. व्यक्तिगत दोषारोपणको साटो प्रणालीगत उत्तरदायित्व अपनाउनेः एउटा समाजका हिसाबले हामीले यो मान्नै पर्दछ कि सडक दुर्घटनाबाट होस् वा कोभिड १९ दुबैमा मर्नेहरूको संख्या निर्धारण राजनैतिक निर्णयहरू र व्यक्तिहरूलार्इ दोषारोपणबाट गरिएको हुन्छ। सडक दुर्घटनाबाट हुने मृत्यु र लकडाउन अघिको समयमा कोभिड१९ रोकथामका लागी सामाजिक दूरी कायम राख्ने जिम्मा व्यक्तिलार्इ दिइएको थियो। त्यसैगरी धेरै अवस्थामा राजनीतिज्ञहरूले सडक दुर्घटनाबाट हुने मृत्युको उत्तरदायित्वबाट पन्छिन मानिसहरूनैं जिम्मेवार नभएको भन्ने गरेको पनि पाइन्छ। सडक दुर्घटना र कोभिड१९ लगायत सबैका लागि व्यक्तिलार्इ मात्र जिम्मेवार देख्ने प्रवृत्तिले हामीलार्इ पटक पटक असफल बनाएको छ। हामी सबै अपूर्ण छौं, कहिलेकाँही हामी सबै खतरालार्इ गलत आँकलन गर्छौं, गलती गर्छौं र धेरै अवसरमा हामी व्यापक भलार्इ भन्दा क्षणिक चाहनामा केन्द्रित हुन्छौं। त्यसैले हामी तीव्र गतिमा हाँक्छौं, अन्य जोखिम लिन्छौं, र गल्ती दोहोर्याउँछौं। सडकमा एउटा प्राणघात दुर्घटना हुन केवल निमेष भरको असावधानी मात्र कारण बन्न सक्छ। सामाजिक प्राणी भएकै कारण हामी आफन्त वा साथीहरूसँगै हुन चाहन्छौं, केवल एक त्रुटी मात्रले सामाजिक दूरी कायम गर्नबाट चिप्लियौं भने लक्षण नदेखिएको कुनैं साथीसँगको एक सम्पर्कले कोभिड१९ सार्न पनि सक्छ। त्यसको पीडित पूर्णतया निर्दोष पनि हुनसक्छ, जसरी कुनैं चालकले गाडी तीव्र गतिमा चलाउँदा निर्दोष पैदलयात्रीले ठक्कर पाउँन सक्छ वा सामाजिक दूरीको पालना नगर्ने मानिसको सम्पर्कबाट अर्को स्वस्थ मानिसले कोभिड१९।

व्यक्तिगत जिम्मेवारी पनि राम्रै हो, तर हामि सबैको सामुहिक स्वास्थ्यका लागी के गर्नु पर्छ, के गर्न चाहन्छौं, र सफलता पाउन विनात्रुटि के गर्न सकिन्छ भन्ने कुरा प्रत्येक अपूर्ण व्यक्तिमा निर्भर हुनुहुँदैन ।

दुबै सन्दर्भमा राजनीतिज्ञहरूले मानिसको त्रुटीको परिणामबाट हुने मृत्यु र क्षति कम गरी यो अवस्थालार्इ ठीक पार्न् सक्दछन्, एकातिर क्र्यास ब्यारियर भएका सुरक्षित सडकहरूद्वारा, सुरक्षित बाहनहरूद्वारा, सुरक्षित गति व्यवस्थापन गरेर सडक सुरक्षा कायम गर्न सक्दछन् भने अर्कोतिर लकडाउनलार्इ कडार्इका साथ पालना गर्न लगाएर कोभिड१९ संक्रमणको दरलार्इ घटाएर देशको स्वास्थ्य सेवा प्रणालीमा पर्ने अनावश्यक भार कम गर्न र मानिसहरूलार्इ बचाउन सक्दछन् ।