सडक दुर्घटनाको महामारी: विवाह, व्रतबन्धका सवारी साधनको अनुगमन कसले गर्ने?

आ-आफ्नो समूदायको परम्परा र चलनअनुसार विवाहको कार्यक्रमका लागी साइत जुराउने, पुरोहित र इष्ट मित्रहरूलाई निमन्त्रण गरेर शुभकार्य सफलतापूर्वक सम्पन्न होस् भनेर पूजापाठ र देवी देवताको प्रार्थना गरेर भोज भतेर सहित हर्षोल्लास गर्ने हामी नेपालीहरुको चलन नै छ।  तर सो कार्यक्रम सम्पन्न नहुँदै कतिपय जन्तीको यात्राको गन्तव्य अस्पताल वा परलोकको यात्रा हुन पुग्छ। यसलाई दुर्भाग्य कसरी भन्ने होला? २०७८ सालको बैशाख १ गतेदेखि ११ महिनामा १८ वटा जन्ती विवाहका गाडी दुर्घटनामा २२९ जना परेको र ३९ जनाको दु:खद् मृत्यु भएको कुरा संचार माध्यमहरुमा भेटिन्छ।  

यद्यपि सबै दुर्घटना संचारमाध्यममा आउँदैनन्, त्यसैले यस्तो दुर्घटना र मृतक वा घाइतेहरुको संख्या अझै बढी हुनसक्छ। 

सोमबार (२०७९ मंसीर २६ गते) र मंगलबार (२०७९ मंसीर २७ गते) भएका जन्तीसँग सम्बन्धित २ दुर्घटनामा मात्रै ३ दर्जनको ज्यान गयो र गाउँ नै  स्तब्ध हुने अवस्था आयो। तर विवाह जस्तो खुशी र रमाइलो अवसरमा १ जनाको पनि मृत्यु त के सानो चोटपटक लागेको पनि स्वीकार्य हुन सक्दैन किनकि यो अवसर परिवारजनले खुशियाली मनाउन आयोजित कार्यक्रमको हो। more .... at  https://nepallive.com/story/297326